सिद्धलेकका ९ वटा विद्यालय बन्द गरिने

1704 पटक पढिएको

३ भाद्र २०८२, मंगलवार ०५:१६ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको सिद्धलेक गाउँपालिकामा ९ वटा बिद्यालय वन्द गरिने भएको छ ।

साउन २९ गते बिहीबार बसेको शिक्षा समितिको बैठकको निर्णय अनुसार ९ वटा विद्यालय समायोजन संगै २८ जना शिक्षक, १० जना सहयोगी कार्यकर्ता र ८ जना कार्यलय सहयोगीको सरुवा गरिएको छ । यसै गरी सोही बैठकले ५ वटा विद्यालयलाई १ – १२ , आठ वटा विद्यालयलाई १–१०,चार वटा बिद्यालयमा १–८, छ वटामा १–५, तीन वटामा १–३ र बाह्र वटा विद्यालयमा इसिडी कक्षा मात्रै सञ्चालन हुने गरी वर्गिकरण गरेको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएको चार महिना पछि धादिङको सिद्धलेक गाउँपालिकामा विद्यालय खारेज,शिक्षक सरुवा लगायतका निर्णय भएको हो । साउन २९ गतेको शिक्षा समितिको निर्णय अनुसार सिद्धलेक गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ ।

समायोजन गरिएका बिद्यालयहरुमा  वडा नं ५ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय, ६ को समिटार आधारभूत विद्यालय, ७ को कालिका आधारभूत विद्यालय चामडाँडा , कालिका आधारभूत विद्यालय अमिलछाप र भूमेश्वर आधारभूत बिद्यालय लाई समायोजन गरिएको छ ।

त्यस्तै वडा नं २ को शान्ति आधारभूत बिद्यालय ,कालिकादेवी आधारभूत बिद्यालय फाले र सरस्वती आधारभूत बिद्यालय बिस्टारी, समायोजन गरिएको गाउँपालिका द्धारा सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरि वडा नम्बर ३ को बराह आधारभूत बिद्यालय पनि समायोजन गरिएको छ ।समायोजन भएका बिद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा सरुवा गरिएको छ ।

शिक्षा समितिको निर्णय सार्वजनिक भएपछि जाल्पादेबी आ बि भाल्डाडाको अभिभावकले बिद्यालयमा तालावन्दी गरेर विरोध जनाएका छन् । बिद्यालयमा कार्यरत प्रा.शि. स्थायी शिक्षक सुमिना श्रेष्ठ घले र निमाशि राहत अङ्ग्रेजी शिक्षक कबिता रिजाल लाई दरबन्दी सहित अन्यत्र बिध्यालयमा सरुवा गरिएको भन्दै भदौ १ गते गते देखि नै बिद्यालय वन्द गरिएको स्थानीय अभिभावक ले वताएका छन् ।